Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ९ गते।

पूर्व राष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण संवाद भएको बताएकी छिन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारिन् र आफूलाई पार्टी सदस्यबाट बञ्चित गरिनुपर्ने कुनै कारण नभएको बताइन्।

च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपूर्ण संवाद भएको थियो तर केन्द्रिय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु, भण्डारीले भनिन्, पार्टी सदस्यता नविकरण मेरो संवैधानिक र व्यक्तिगत अधिकार हो। मलाई पार्टीबाट हटाउनु पर्ने कुनै आधार छैन।

भण्डारीले आफूमा कुनै राजनीतिक महत्वाकांक्षा नरहेको समेत प्रस्ट्याइन्। उनले एमालेप्रति आफ्नो प्रतिबद्धता अझै कायम रहेको उल्लेख गरिन्।

यसअघि एमाले केन्द्रीय समितिले भण्डारीको पार्टी सदस्यता सम्बन्धमा अन्य निर्णय लिएको चर्चा चलेको थियो। यसै सन्दर्भमा भण्डारीले स्पष्ट धारणा सार्वजनिक गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *