Samajik Feed – News Portal from Nepal

स्वास्थ्य विज्ञदेखि संसदको रोष्ट्रमसम्म: को हुन् ३४ वर्षीय डा. दिपककुमार साह?

जनकपुरधाम, २५ फागुन मधेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका र १९ पटकसम्म मन्त्री बनिसकेका शरदसिंह भण्डारीलाई २२,५२४ मतान्तरले पराजित गरेपछि अहिले देशभर डा. दिपककुमार साहको चर्चा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी क्षेत्र नम्बर २ मा विजयी साह जनस्वास्थ्य क्षेत्रसँग जोडिएका व्यक्तित्वका रूपमा परिचित छन्। ७१ वर्षीय दिग्गजलाई ३४ वर्षीय युवाको चुनौतीमहोत्तरीको […]

छिमेकी देशमा निपा भाइरसको संक्रमण, कति जोखिममा छ नेपाल?

सामाजिक फीड, १९ माघ । छिमेकी देश भारतको पश्चिम बंगाल र केरला लगायतका क्षेत्रमा निपा भाइरस (Nipah Virus) को संक्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार निपा भाइरस अत्यन्त घातक जुनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ। निपा भाइरस के हो? […]

एक्कासी किन सन्यास लिए अरिजीतले? यस्तो छ सन्यास पछाडिको वास्तविक कारण

माघ, १४सामाजिक फीड, जनकपुरधाम । प्रसिद्ध बलिउड गायक अर्जित सिंहले अब नयाँ फिल्मी गीत (प्लेब्याक सिङ्गिङ) का असाइनमेन्ट नलिने घोषणा गरेका छन्। तुम ही हो, केसरिया र चन्ना मेरेया जस्ता चर्चित गीतका आवाज अर्जितले यो निर्णय सुनाएपछि उनका फ्यानहरू भावुक बनेका छन्। इन्स्टाग्राम र फेसबुक मार्फत नयाँ वर्षको सन्देश दिँदै उनले लेखेका छन् कि प्लेब्याक […]

नेपाल सरकारसँग दर्ता प्रक्रियामा सम्पर्कमा आएका ८ सामाजिक सञ्जालको (सूची)

सामाजिक फीड, २० भदौ २०८२ नेपाल सरकारसँग सामाजिक सञ्जाल दर्ता प्रक्रियामा सम्पर्कमा आएका कम्पनीहरूको सूची सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म ८ वटा सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा आफ्नो सेवा वैधानिक रूपमा सञ्चालन गर्न आवश्यक कागजात बुझाउने वा जानकारी लिने प्रक्रियामा सरकारसँग सम्पर्क गरेका छन् । सम्पर्कमा आएका सामाजिक सञ्जालहरूको सूची […]

ओलीको घोषणा : ०८४ मा एमालेलाई एकल बहुमत रोक्न सकिँदैन

सामाजिक फीड, २० भदौ २०८२ नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै उनले “सरकारमै रहेर धाँधली हुन दिँदैन” भन्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुने स्पष्ट पारे। राजन शर्माराजन शर्मा सामाजिक फीडका संवाददाता हून् ।

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, मधेशका पत्रकार संगठनहरूको आपत्ति

सामाजिक फीड, २० भदौ २०८२ । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी हुनुअघि राजधानी काठमाडौंमा आयोजना गरिएको छलफल कार्यक्रमप्रति मधेशका पत्रकार संगठनहरूले आपत्ति जनाएका छन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले उक्त छलफल कार्यक्रम काठमाडौं कोटेश्वरस्थित एक होटेलमा राखिएको जानकारी आफ्नो व्यक्तिगत ह्वाट्सअप समूहमार्फत मात्र सार्वजनिक गरेका थिए । तर, […]

चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली

सामाजिक फीड, २० भदौ २०८२ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमानाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् । दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए। शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा […]

जनकपुरमा रिर्पोटिङ्गको क्रममा समाजिकफिडकर्मीमाथि आक्रमण

जनकपुरधाम, साउन २ गते । जनकपुरधाम समाजिकफिडकर्मी कुन्दन मिश्रमाथि आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिका—१२ स्थित कुवारामपुरमा रहेको गौशालामा रिर्पोटिङ्ग गर्न पुगेका संचारकर्मी मिश्रमाथि आक्रमण भएको हो । क्यामेराम्यान मिश्रमाथि गौशालामा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका थिए । समाजिक फिडकी पत्रकार आशा अधिकारीसँगै मोटरसाइकल चढेर उनी समाचार संकलनका लागि पुगेका थिए । जनकपुरका वकिलहरुले यहाँका […]

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बर

सामाजिक फीड, ३० साउन । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ । किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै […]

अखाध्ध बस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

सामाजिक फीड, २९ साउन। काठमाडौँ महानगरपालिकाकाे सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौँ महानगरपालिकाको कृषि तथा […]