सामाजिक फीड, २० भदौ २०८२
नेपाल सरकारसँग सामाजिक सञ्जाल दर्ता प्रक्रियामा सम्पर्कमा आएका कम्पनीहरूको सूची सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म ८ वटा सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा आफ्नो सेवा वैधानिक रूपमा सञ्चालन गर्न आवश्यक कागजात बुझाउने वा जानकारी लिने प्रक्रियामा सरकारसँग सम्पर्क गरेका छन् ।
सम्पर्कमा आएका सामाजिक सञ्जालहरूको सूची यसप्रकार छः
- हाम्रो पात्रो
- फेसबुक (Meta)
- म्यासेन्जर (Meta)
- इन्स्टाग्राम (Meta)
- ह्वाट्सएप (Meta)
- थ्रेड्स (Meta)
- ट्विटर (X)
- वीच्याट (we chat)
मन्त्रालयले जनाएको छ कि यी कम्पनीहरूले दर्ता प्रक्रिया सुरु गर्न रुचि देखाएका छन् र आवश्यक कागजातबारे छलफल भइरहेको छ । बाँकी सामाजिक सञ्जाल कम्पनीहरूले भने अझै सरकारसँग सम्पर्क नगरेको जानकारी दिइएको छ ।
राजन शर्मा सामाजिक फीडका संवाददाता हून् ।