Samajik Feed – News Portal from Nepal

नेपाली भूमि भारतीयले भोगचलन: सांसदहरूले गृहमन्त्रीसँग जवाफ मागे

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब ९ सय बिघा वनभूमि भारतीय नागरिकहरूले भोगचलन गरिरहेको विषयमा सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले गृहमन्त्री लेखकलाई कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको […]

भारतको श्रीनगरमा बन्धक बनाइएका १२० नेपाली मजदुरको कथा: ज्याला नदिई घर फर्काइयो

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगरमा आठ महिनासम्म बन्धक बनाइ काममा लगाएर कुनै ज्याला नदिइ घर फर्काइएको छ। उनीहरूलाई एक छाक खान दिएर १२–१४ घण्टासम्म कठोर श्रममा लगाइएको, मोबाइल खोसेर परिवारसँग सम्पर्कविहीन बनाइएको, र ज्याला तथा […]

एक लाख दुई हजार शंकास्पद सवारीचालक अनुमतिपत्रको जाँच प्रक्रिया सुरू

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । यातायात व्यवस्था विभागले शंकास्पद मानिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकता जाँच गर्ने प्रक्रिया सुरू गरेको छ। बागमती प्रदेशका यातायात कार्यालयहरूलाई यी लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने प्रमाणित गर्न जिम्मा दिइएको छ। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार, अध्ययनपछि […]

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आज (२०७८ साल पौष २२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको दर स्थिर रहेको छ भने युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, र डेनिस क्रोनरको दरमा वृद्धि भएको छ। यस्तै, क्यानेडियन […]

प्रधानमन्त्री कार्यालयको निर्देशन: तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र संघीय मामिला मन्त्रालयलाई आदेश

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। सरुवा, काज, र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र स्रोतसाधनको दुरुपयोग भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो। राष्ट्रिय सतर्कता केन्द्रलाई […]

सिराहा–धनुषा जोड्ने कमला पुलको पुनर्निर्माण तीव्र

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम सिराहा र धनुषा जोड्ने कमला पुलको पूर्वपट्टिको पुनर्निर्माण कार्य पुनः सुरु गरिएको छ। पुलको डिजाइन र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले आगामी बर्खा अघि काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य थालेको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार ठेकेदार कम्पनीलाई अन्तिमपटक आगामी असारसम्मको म्याद थप गरिएको छ। […]

नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात तयारी

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । नेपालमा पहिलो पटक भारतको मोतिहारीबाट बारा अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी पूरा भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, संरचना निर्माण सम्पन्न भइसकेको छ र परीक्षणका विभिन्न चरणहरू जारी छन्। पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गरेपछि ढुवानी खर्चमा २.५ रुपैयाँको कमी आउने र […]

जनकपुरधाम रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने मधेश प्रदेश सरकारको निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंह

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गर्नुभएको छ। जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयारको काम लगभग सकिएको जानकारी दिनुभयो। केही […]

भारतले अन्तरिक्षमा पठाएको बिउ चार दिनमै टुसायो

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनभित्र टुसा पलाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यस विषयमा विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। इसरोले सार्वजनिक गरेको तस्वीरमा काउलीको बिउमा टुसा पलाएको देख्न सकिन्छ, र चाँडै पात पलाउने अपेक्षा गरिएको छ। काउलीको यो बिउ इसरोले डिसेम्बर ३०, अर्थात् पुष १५ […]

संविधान परिमार्जनमा सुझाव दिन रास्वपाले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदार र संविधानविद्हरूसँग […]