Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम
, पुष २१ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदार र संविधानविद्हरूसँग परामर्श गरी दलको तर्फबाट सार्वजनिक धारणा बनाउने उद्देश्य रहेको छ।

कार्यदलमा संयोजक सन्तोष परियारसँगै कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन्।

पार्टीको दोस्रो दिनको बैठकबाट यस्तो निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *