Skip to main content

सामाजिक फीड-
जनकपुरधाम
, पुष २१ गते

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनभित्र टुसा पलाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यस विषयमा विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

इसरोले सार्वजनिक गरेको तस्वीरमा काउलीको बिउमा टुसा पलाएको देख्न सकिन्छ, र चाँडै पात पलाउने अपेक्षा गरिएको छ।

काउलीको यो बिउ इसरोले डिसेम्बर ३०, अर्थात् पुष १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको स्प्याडेक्स मिसनअन्तर्गत पठाएको थियो।

स्प्याडेक्स (SPADEX) मिसनको मुख्य उद्देश्य अन्तरिक्षमा कुनै वस्तुको जडान वा खुला गर्ने प्रक्रियाको परीक्षण गर्नु हो। इसरोले यो सफलताको वैज्ञानिक महत्वबारे थप विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *