Samajik Feed – News Portal from Nepal

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन […]

विवाहपञ्चमी: जनकपुरधाममा सांस्कृतिक र धार्मिक उत्सवको उमंग

रजत कर्ण l विवाहपञ्चमी महोत्सवको समयमा जनकपुरधाममा केही विशेष परम्पराहरू छन्, जसले यो उत्सवलाई अन्य क्षेत्रका पर्वभन्दा फरक र अद्वितीय बनाउँछ । अहिले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक मानिने विवाहपञ्चमी महोत्सवको क्रममा जनकपुरधाममा विशेष उत्साह र उमंग छाएको छ। सीता र रामको पवित्र विवाहको सम्झनामा मनाइने यो महोत्सव स्थानीयवासीहरू, श्रद्धालु र पर्यटकहरूको ठूलो […]

गौरमा मोबाइल चोरी गर्दै दुई जना रंगेहात पक्राउ

सामाजिक फीड-१४ गते जनकपुरधाम रौतहटको गौरमा दुईवटा मोबाइल पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरी टोलीले चोरीकै क्रममा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा राजदेवी नगरपालिका–९ ब्रहमापुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय नीरज मण्डल रहेका छन्। चौधरी मार्केटस्थित नेशनल मोबाइल पसल र गौर इन्टरप्राइजेजको ताल्चा फुटाएर १९ वटा मोबाइल चोरी गरेका […]

जनकपुर बोल्ट्स टिमको लोगोमाथि चौतर्फी आलोचना, फ्रेन्चाइजको स्पष्टीकरणपछि समर्थकहरू सकारात्मक

सामाजिक फीड-१४ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपिएल) यही शनिबारदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा सहभागी जनकपुर बोल्ट्स टिमको लोगोले सामाजिक सञ्जालमा व्यापक आलोचना खेपिरहेको थियो। लोगोमा जानकी मन्दिरको झल्को नदेखिएको भन्दै स्थानीयवासी तथा समर्थकहरूले आपत्ति जनाएका थिए। यसै सन्दर्भमा, जनकपुर बोल्ट्स टिमको फ्रेन्चाइजले एक भिडियो सार्वजनिक गर्दै लोगोमा जानकी मन्दिरको उपस्थिति प्रस्ट्याउने प्रयास गरेको छ। […]

रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम पाँच महिना अघि गोली प्रहार गरी हत्या गरिएको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अभियुक्त सुरेन्द्र कुशवाहा आदर्श कोतवाल नगरपालिका वडा नम्बर-२ स्थित आफ्नो घरबाट फर्कने क्रममा गोली प्रहार गरी हत्यामा संलग्न थिए। घटनापछि फरार रहेका कुशवाहालाई बारा […]

जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]

अनलाइन स्वास्थ्य सेवामा संलग्न युवक हनी ट्रयापको शिकार: प्रहरीको अनुसन्धानमा तीन पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा १२ मंसिर २०८१ मा भएको एक विशेष घटनाले ध्यान खिचेको छ। रौतहटका २३ वर्षीय अहेब राधे शर्मा (नाम परिवर्तन) हनी ट्रयापको शिकार बनेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा २५ वर्षीया वर्षा दर्जी, २५ वर्षीया समृद्धि मगर, र ३० वर्षीय दिपेन्द्र दर्जी रहेका […]

दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]

महोत्तरीका सीडीओ कवारी र पर्साका सीडीओ अर्याल विवादमा, गृहमन्त्रीले मागे स्पष्टीकरण

सामाजिक फीड-१३ गते जनकपुरधाम महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीको संलग्नतामा घुसखोरीको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण मागेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अशोककुमार यादवलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेपछि कवारी विवादमा परेका हुन्। यादवले दिएको बयानअनुसार कवारीले पनि घुसको […]

सिरहामा ‘पेटमा बच्चा दिने’ भन्दै लाखौँ ठग्ने धामी पक्राउ

सामाजिक फीड-१२ गते जनकपुरधाम सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ निवासी दुःखि ठाकुर नामका एक धामीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा लहान प्रहरीले पक्राउ गरेको छ। ठाकुरले बच्चा नहुने महिलाहरुलाई ‘पेटमा बच्चा हुने’ भनेर औषधि दिने, मन्त्र फुक्ने र त्यसका लागि ३५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न […]