सामाजिक फीड-
१४ गते जनकपुरधाम
रौतहटको गौरमा दुईवटा मोबाइल पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरी टोलीले चोरीकै क्रममा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा राजदेवी नगरपालिका–९ ब्रहमापुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय नीरज मण्डल रहेका छन्।
चौधरी मार्केटस्थित नेशनल मोबाइल पसल र गौर इन्टरप्राइजेजको ताल्चा फुटाएर १९ वटा मोबाइल चोरी गरेका उनीहरूलाई प्रहरी गस्ती टोली र स्थानीयले पक्राउ गरेका हुन्। उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।