स्वास्थ्यमन्त्री बने अशोक राई नेतृत्वको जसपाका प्रदीप यादव

काठमाडौं, वैशाख ३१ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जनता समाजवादी […]
मधेशमा सरकार टिकाइराख्न उपेन्द्र यादवको कसरत, ठाकुरलाई भेटेर मागे समर्थन

सामाजिक फीडजनकपुरधाम , बैशाख ३१ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएलगत्तै सोमबार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उनकै निवास पुगेका थिए। त्यहाँ उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । विशेषगरी मधेस […]
जसपा नेपालद्वारा केन्द्र सरकार दिइएको समर्थन फिर्ता

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामापछि जसपा […]
मधेशमा चार दलको नयाँ सरकार गठनको तयारी

सामाजिक फीड जनकपुरधाम, बैशाख ३१ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको तयारी थालेको हो । दुबै दलले सरकारबाट समर्थ समेत फिर्ता लिइसकेपछि मुख्यमन्त्री सरोजकुमार यादव अहिले अल्प मतमा परेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) […]
संघीय सरकारबाट उपेन्द्र यादवको राजीनामा

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । जसपाका पार्टीका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । यादवले राजीनामामा भनेका छन्– ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन […]
कांग्रेस संसदीय दलको बैठक स्थगित

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ […]
मधेश सरकारबाट एमाले पनि बाहिरियो

जनकपुरधाम, ३० वैशाख। नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए […]
लुम्बिनी: जसपा नेपालका तीनमध्ये दुई सांसद् राईतर्फ लागे

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुबै जना बाँके-२ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए । जसपा […]
केन्द्र सरकारबाट बाहिरिने जसपा नेपालको तयारी

सामाजिक फीड, काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपाल संघीय सरकारबाट बाहिरिने तयारी गरेको छ । आइतबार नेकपा माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले पनि केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गरिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र […]
मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् । राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट […]