Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार, यो भेटवार्ता हाल जारी छ।

भेटवार्तामा दुई नेताले बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले शनिबार बजेट निर्माणका क्रममा आफूहरूसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। भेटवार्तामा यस विषयमा पनि कुराकानी भइरहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *