सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते
काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ। सोमबार बिहानदेखि सडक विभागले महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न थालेपछि विवाद उत्पन्न भएको हो।
सडक विभागले पिचको काम शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको थियो। यस क्रममा केही स्थानीय बासिन्दा महानगरको योजनाको विरुद्ध उभिएका छन् भने महानगरले काम रोक्न निरन्तर प्रयास गरिरहेको छ।
यसअघि एमालेसम्बद्ध स्थानीयहरूले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाएका थिए। शाहले ओलीले गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको बताएका थिए।
महानगर र सडक विभागबीचको यस टकरावले न्यूरोड क्षेत्रको विकासमा अवरोध पुर्याएको छ। यसको समाधानका लागि दुबै पक्षले संवाद र समन्वयमा जुट्नुपर्ने आवश्यक देखिन्छ।