Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको हिसाब-किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको सम्बोधनलाई लिएर अब हिसाब-किताब प्रधानमन्त्रीसँग गर्नुपर्ने स्पष्ट पारेका छन्।

गृहमन्त्री लामिछानेले संसदको गरिमा नराखेको आरोप लगाउँदै थापाले सभामुखको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एसेटको विषय उठाएको सम्बोधनलाई संवेदनशील बताउँदै कांग्रेसले यसलाई सामान्य रूपमा नलिने जनाए।

थापाले संसदमा बोलेका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने स्पष्ट पारे। उनले भने, ‘प्रधानमन्त्रीले संसदमा आएर गृहमन्त्रीको भनाइमा सहमति जनाउनु पर्नेछ, अथवा संसदको रेकर्डबाट हटाउने निर्णय गर्नु पर्नेछ। हिसाब(किताब यहीं संसदमा हुनेछ।’

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने माग राख्दै थापाले जनसरोकारका विषय उठाउँदै बजेट छलफलमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *