Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १८ जेठ । सरकारले पछिल्लो समय गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र साहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् ।

मेयर साह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *