सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते ।
मधेश सरकार बारे निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बैठक बसाएको छ ।
दुबै दलले छुट्टा छुट्टै बैठक बसेर निर्णय लिन लागेको हो ।
लोसपाले मधेश सरकारको सम्बन्धमा निर्णय लिन बैठक बसेको हो ।
लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सरकारको सम्बन्धमा आज आफुहरु निर्णय लिन लागेको बताए ।
यता, केन्द्रीय गठबन्धनमा रहेको नेकपा एसले आज दिउँसो बोलाइएको सचिवालय बैठकले मधेश सरकारको सम्बन्धमा महत्वपूर्ण निर्णय लिन लागेको जनाएको छ ।
नेकपा एसका प्रवक्ता जगरनाथ खतिवडाले आज दिउँसो बस्ने बैठकले मधेस सरकारको सम्बन्धमा निर्णय गर्ने बताए ।
मधेस प्रदेशसभामा अहिले १०६ जना सदस्य कायम रहेकाले सरकार निर्माणका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ ।
मधेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता सामाजवादी पार्टीका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७ सांसद छन । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १\१ जना सांसद छन् ।