Samajik Feed – News Portal from Nepal

प्रहरी समायोजन गर्न संघीय सरकारलाई मधेश सरकारको ३० दिने अल्टिमेटम

सामाजिक फीडजनकपुरधाम, कार्तिक २२ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । बुधबार मधेश सरकारले पत्रकार सम्मेलन गर्दै अल्टिमेटसहितको ज्ञापन पत्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई बुझाउने जनाएको छ । ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा मन्त्री तथा दलका नेताहरुको टोलि बिहीबार बिहान काठमाडौं जाँदै छन् । मुख्यमन्त्री यादवले […]

संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गर्दै मधेश सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय […]

मधेश सरकारले भूकम्प पीडितका लागि ६० लाखको राहत पठाउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । मधेश सरकारले जाजरकोट र रुकमको भूकम्प प्रभावितलाई राहत पठाउने भएको छ । मधेश सरकारको विपद व्यवस्थापन समितिको बैठकले ६० लाख मूल्य बराबरको खाद्यान्न राहत स्वरुप पठाउने तयारी निर्णय गरेको गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए । चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ […]

मधेश प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. साह नियुक्त

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साहलाई नियुक्त गरेको छ । । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को […]

प्रहरीले नागरिकको भरोसा टुट्न नदेओस् : मुख्यमन्त्री यादव

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेशका मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, उनले प्रहरीहरुलाई आग्रह गर्दैै भने ।मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले प्रहरीको काम एकदम गाह्रो भएको बताए […]

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् । आजै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखबाट शम्शेर राई र रामबहादुर रानाले पनि मन्त्रीको […]

‘नेपाल-भारतको खुल्ला सीमा नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्छ’

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहले बिहीबार जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवादमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा […]

एमालेलाई गाली गरे काँग्रेस र माओवादीको भविष्य बन्दैन : ओली

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी विकास गर्न नसकेर आत्तिएको बताएका छन् । बुधबार जनकपुरमा एमालेको प्रथम मधेश प्रदेश उद्घाटनलाई जनकपुरधाममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब एमालेलाई मात्र गरेर काँग्रेस र माओवादीको भविष्य अन्धकारमा जाने बताए । ‘काँग्रेस माओवादी हामी संग किन आत्तियो, […]

एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुन लागेको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले आज दिउँसो गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनको लागि […]

एमालेको मधेश प्रदेश अधिवेशनको तयारी पूरा

सामाजिक फीड-जनकपुरधाम, असोज २३ गते । बुधबारदेखि जनकपुरधाममा हुने नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा भोलिदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनको प्रांगणमा अधिवेशनको लागि मञ्च तथा पण्डाल लगाएको […]