समाजिक फीड
जनकपुरधाम, पुस २२ गते ।
जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशसभामा पराजित भएकी पुजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् ।
सत्ता गठबन्धनमा परेको भागबण्डा अनुसार जसपाले एउटा सिट पाएको छ ।
राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाको कार्यकारिणी समितिको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चौधरी रौतहटकी हुन् । उनी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् ।