Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।

मधेश प्रदेशमा अन्य र महिला तर्फ रिक्त दुई राष्ट्रिय सभा सदस्य पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन, नेकपा एमाले र जनमतबाट पाँचजनाको उम्मेदवारी दर्ता भएको हो । मधेशमा राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचनको लागि राजनीतिक दलहरुबाट मनोनयन दर्ता भएको हो ।

सत्ता गठबन्धन काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुंगाना र महिला तर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका छन् ।

एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनीले उम्मेदवारी दर्ता गराएकी छन् । मधेश दुई पदका लागि एमालेले दुबैजना महिला उम्मेदवार नै खडा गरेको छ ।

एमालेमा अन्य तर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा नाम नहुँदा उनको उम्मेदावरी दर्ता भएन । त्यसपछि उनको स्थामा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । उम्मेदवारी दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् ।
यस्तै सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा छुट्टै रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *