Skip to main content

समाजिक फीड

जनकपुरधाम, पुस २३ गते ।

गाउँपालिका उपाध्यक्षमा पराजित भएकी नेतालाई नेकपा एमालेले मधेस प्रदेशमा राष्ट्रिय सभातर्फ उम्मेदवार बनाएको छ ।

पर्साकी उषादेवी थरूनीले नेता कार्यकर्ताको लावा लस्कर सहित जनकपुरस्थित मधेश प्रदेशको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

थरूनी २०६४ सालबाट जिल्लामा सक्रिय राजनीतिमा आएकी थिइन्। एमाले नेता हरिचन्द्रप्रसाद थारूबाट प्रेरित भएर उनी राजनीतिमा होमिएकी थिइन्।

उनी १२ वर्ष अनेम संघको जिल्ला अध्यक्ष भएर संगठन विस्तारमा काम गरिन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी जिराभवानी गाउँपालिकामा पार्टीबाट टिकट पाएर उपाध्यक्ष जितिन्। दोस्रोपटक गत स्थानीय निर्वाचनमा समेत उनी उपाध्यक्षमा चुनाव लडेकी थिइन्। तर पराजित भइन्।

१० कक्षा पढेकी उनी एमाले जिल्ला कमिटीकी सचिवालय सदस्य समेत हुन्।

२०२८ सालमा जिराभवानी गाउँपालिका १ स्थित पकरी टोलमा उनको जन्म भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *