Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक बुधबार सुरु हुने भएको छ । दुईदिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने पार्टीले जनाएको छ ।

बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यस्तै पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत बताइएको छ ।

पुस २७ गते जसपाको केन्द्रीय समितिको बैठक पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *