एमालेद्वारा मधेश सरकारबाट समर्थन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्व मन्त्री सरोज यादवले जानकारी दिए । […]
मधेश भवनमा अर्थ मन्त्री र निर्माण व्यवसायीबीच नोकझोक

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । मधेश भवनमा अर्थमन्त्री संजय कुमार यादव र निर्माण व्यवसायीबीच नोकझोक भएको छ । सम्पन्न योजनाको बाँकी बक्यौता भुक्तानीको गुनासको लागि पुगेका निर्माण व्यवसायी र अर्थमन्त्री यादवबीच मंग्लबार समान्य नोकझोक भएको हो । निर्माण व्यवसायीहरु अर्थ मन्त्रालयमा पुगेपछि अर्थमन्त्री यादव त्यहाँबाट निस्केका थिए । निस्केपछि गाडी अगाडी गएर निर्माण व्यवसायीले […]
नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसके: सांसद् साह

काठमाडौँ, २६ वैशाख । सांसद् प्रभु साहले नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् साहले देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको बताएका हुन् । उनले राज्य मेरो हो भन्ने भाव आम जनतामा आउन नसकेको पनि दाबी गरे । सांसद् साहले अहिलेको शासन प्रणालीमाथि पुनर्विचारको आवश्यकता […]
सत्तारुढ गठबन्धन दलको बैठक बोलाइयो

काठमाडौँ, २० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, गठबन्धनमा रहे पनि […]
मिर्चैया नगरपालिकाले घर भत्काएपछि पीडित भेटे प्रधानमन्त्री, न्यायका लागि गुहार

सामाजिक फिड-जनकपुरधाम, बैशाख १९ गते । सिरहाको मिर्चैया बजारका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग न्यायका लागि गुहार गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका बासिन्दाले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् । मिर्चैया नगरपालिकाले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू भत्काएपछि स्थानीय बासिन्दाले प्रधानमन्त्री गुहारेका हुन् । […]
मिटरब्याजीको सम्पति सुद्धिकरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक फिड-जनकपुरधाम, बैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटरब्याजीको सम्पति सुद्धिकरण हुने गरी कानुन संशोधन गर्न लागेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लाग्यो भने तिनीहरुको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि […]
भानुभक्तको सालिक निर्माण गर्न लागेको विरोधमा प्रदर्शन

सामाजिक फिड-जनकपुरधाम, बैशाख १५ गते । जनकपुरधामको भानुचोकमा आदि कवि भानुभक्तको सालिक निर्माण गर्न लागेको विरोधमा प्रदर्शन भएको छ । शुक्रबार साँझ मधेश केन्द्रित दलका युवाहरुले संयुक्त रुपमा टायर बालेर जनकपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीसंग समान्य झडप समेत भएको छ । मधेस आन्दोलनको मर्मविपरित भानुभक्तको शालिक निर्माण गर्न लागिएको भन्दै जसपा, लोसपा, […]
आज तीनवटा क्षेत्रमा मतदान हुँदै

सामाजिक फिड-जनकपुरधाम, बैशाख १० गते । खाली भएको तीनवटा प्रतिनिधिसभा क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा उप निर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि […]
सरकारी बजेटमा काँग्रेसको धनुषा पार्टी कार्यालय भवन बन्दै

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सरकारी बजेटमा नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुन लागेको छ । मधेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट जनकपुरधामको पीडरिया माइस्थान नजिक काँग्रेसको धनुषा पार्टी कार्यालय निर्माणको थालनी भएको हो । आज एक समारोहकाबीच काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष २०७९÷०८० मा काँग्रेसका […]
बारा २ मा डा.सीके राउतद्वारा ‘स्वाभिमान यात्रा’ सुरु

सामाजिक फिड-जनकपुरधाम, चैत २६ गते । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्वाभिमान यात्रा सुरु गरेका छन् । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन लक्षित स्वाभिमान यात्रा सुरु आइतबार डा. राउतले सुरु गरेका हुन् । चुनाव प्रचार–प्रसार केन्द्रीत उक्त यात्रामा जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा र स्थानीय नेता तथा कार्यकर्ताहरु […]