Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ४ साउन । नेकपा एमालेले मधेश र कोशी प्रदेशको अधिवेशनको मिति तय गरेको छ।

एमालेको बैठकले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते तथा कोशी प्रदेशको असोज १२ र १३ गते गर्ने निर्णय गरेको हो । मधेशमा बुधबार बसेको मधेश प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको एमालेले जानकारी दिएको छ। अहिले मधेश प्रदेशको इन्चार्ज योगेश भट्टराई छन् । त्यस्तै कोशीमा मंगलबार बसेको प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको छ। अधिवेशन सम्पन्न गर्नका लागि साउन ११ गते बस्ने कार्यालयको बैठकले उपसमितिहरू गठन गर्ने एमालेले बताएको छ। कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ छन् ।

त्यस्तै, एमालेमा प्रवेश गर्ने नेता, कार्यकर्ताको व्यवस्थापनका लागि पोलिटब्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा रेवती पन्त, सम्बन्धित जिल्लाका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन गरिएको छ। कार्यदलको प्रतिवेदनको आधारमा पार्टीमा प्रवेश गर्नेहरूलाई व्यवस्थापन गर्ने एमालेको तयारी छ।

बैठकले जनसंगठनहरूको प्रदेश अधिवेशन भदौँ २० गतेभित्र गरिसक्न र जिल्ला अधिवेशन मंसिरभित्रमा गर्न निर्देशन गरेको छ । बैठकबाट आगामी चैत्रभित्रमा प्रदेश कमिटी, ८ जिल्ला कमिटी, १३६ पालिका कमिटी, एकहजार २७१ वडा कमिटी र ११ हजार ४३९ वटा टोल कमिटीको अधिवेशन तथा गठनरपुनर्गठन सम्पन्न गरिसक्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *