सामाजिक फीड-
जनकपुरधाम, साउन १० गते ।
मधेश सरकारले यसै साता मन्त्री परिषदलाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री सारोजकुमार यादवले शुक्रबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने बताएका हुन् ।
११ जेठमा पाँचौ पटक मन्त्री मण्डल विस्तार गरेपनि अझै अपुरो छ । सत्ता गठबन्धनमा भागवण्डा नमिल्दा गृह संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादव आफै सित राखेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री विना विभागीय छन् ।
जसपाबाट तत्कालिन समाजिक विकास मन्त्री सुरिता साह र राज्यमन्त्री शेख अब्दुल कलाम आजाद छन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएपछि जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजय कुमार यादव विना विभागीय छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोसपा थप एक–एक मन्त्रालय दावी गर्दै आएको छ । दुई मात्र मन्त्रालय खाली छ । हाल सरकारमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय जसपा, दुई मन्त्राल काँग्रेस, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एकवटा मन्त्राय छ ।
विना विभागीयलाई नै दुई मन्त्रालयमा व्यवस्थापन गर्नु पर्ने र काँग्रेस, लोसपा, नेकपा माओवादी र एकीकृत समाजवादीले थप एक एक मन्त्रालय माग गर्दा मन्त्री परिषद पूर्णता अन्योल छ ।
तर, मुख्यमन्त्री यादव अब बराबर ९–९ सिटका लोसपा र माओवादीलाई अब थप मन्त्रालय नदिने वातावरण बनाएको बताए ।
मुख्यमन्त्री यादवले अब मन्त्रालय तोड्ने हिसाबले काम नगर्ने र बाँकी दुईवटै मन्त्रालयमा आपसी सहमति गरी मन्त्री परिषदलाई पूर्णता दिने बताए ।