Samajik Feed – News Portal from Nepal

विराटनगर, १२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूसँग आह्वान गरेका हुन् । यसका लागि साउन १६ गते अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

खापुङले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । यसअघि बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेशलाई असंवैधानिक ठहर गरेको थियो । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले थापालाई मुख्यमन्त्री नियुक्त गर्न अपनाइएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरिदिएको थियो । यो फैसलासँगै मुख्यमन्त्री थापा पदमुक्त भएपछि नयाँ सरकारका लागि आह्वान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *