सामाजिक फीड-
जनकपुरधाम, साउन ४ गते ।
जनमत पार्टीले बारा क्षेत्र नं. २ म उपचुनाव लडेका पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरेको हो ।
जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको हो। कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप लागेको छ । उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीले कारवाही गरेको छ ।
मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको उपाध्यक्ष साहले जानकारी दिए ।
कपिलबस्तु पार्टीका बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै भगवान दास यादवलाई पनि १ वर्षका लागि पार्टीले निलम्बन गरेको छ।