Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ०९ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देश र जनताको हितमा काम गर्नु कांग्रेसको लक्ष्य रहेको बताएका छन् । मंगलबार नेता डा. शशांक कोइरालाले काठमाडौँमा गरेको चियापान समारोहमा नेता निधिले उहाँले कांग्रेस संविधानको सफल कार्यान्वयन गरी जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताएका हुन् ।

नेता निधिले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए । उनले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबीसमेत गरे । निधिले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *