Samajik Feed – News Portal from Nepal

धनुषामा दुई समूहको झडपमा ९ प्रहरी घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । धनुषाको सबैलामा चौकको नामकरण विवादका कारण दुई समूहबीच झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीद्वारा गरिएको ढुंगामुढाका कारण पाँच जना जनपथ प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए। ‘कसैको टाउको फुटेको छ, कसैको मुखमा चोट लागेको छ’, एसपी […]

धनुषामा प्रहरीको गोली लागेर एक युवक गम्भीर, काठमाडौं रेफर

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । धनुषामा दुई समुहको झडपम प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् । सबैला नगरपालिका–९ भठियानमा प्रहरीको गोली लागेर सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका छन् । उनलाई मलद्वारमा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गोली लगोर गम्भीर […]

एसईईमा गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति गर्ने मुख्यमन्त्री सिंहको अडान

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए, मधेश प्रदेश सरकार परीक्षा प्रक्रियाबाट अलग हुने चेतावनी दिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा आइतबार जारी विज्ञप्तिमा मुख्यमन्त्री सिंहले परीक्षा व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नुपर्ने निर्देशन दिएको उल्लेख गरिएको छ। प्रदेश परीक्षा […]

राजविराजका सात स्वास्थ्य संस्थमा मुख्यमन्त्रीको छड्के, दुईवटालाई बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सप्तरी सदरमुकाम राजविराजका सात स्वास्थ्य संस्थाको छड्के अनुगमन गरेका छन्। अनुगमनपछि उनले दुई अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री सिँहले स्वास्थ्य क्लिनिकको अनुमति लिएर पोलिक्लिनिकका रूपमा सञ्चालन भइरहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन्। स्थानीय तहबाट […]

महोत्तरीमा मिनिट्रकबाट ५४७ किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रक जाँच गर्दा ३५ पोकामा लुकाइएको ५४७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा शंका […]

जनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहार गरी एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धि बस्ने पप्पु यादवका १८ वर्षीय छोरा आशु यादवको हत्या भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार साँझ ५ बजे होली खेल्ने क्रममा स्थानीय लक्षमण महतोका छोरा […]

१५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न, मिथिलाञ्चलमा भोलि होली

सामाजिक फीडजनकपुरधाम, चैत १ गते । मिथिला माध्यमिकी परिक्रमा आज समापन भएको छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको हो । मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका थिए । अन्तरगृहम परिक्रममा तिर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको थियो । विभिन्न […]

मलंगवाको १९ अस्पतालको अनुगमन गर्दा १५ वटा अवैध, बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, फागुन १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्। अनुगमनका क्रममा १५ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिँहले तिनलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति लिएका तीन निजी अस्पताल तथा […]

मधेशको महाकुम्भः मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै, भोलि अन्तरगृह

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै छ। १४ औं दिन भारतको विसौलमा विश्राम गरेका तीर्थयात्रीहरू आज १५ औं दिन जनकपुरधाम आइपुगेका छन्। परिक्रमा यात्रीहरू आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा बास बस्नेछन्। फागु औँसीको दिन, अर्थात् गत फागुन १५ गते, धनुषाको मिथिला नगरपालिका–८, […]

वीरगञ्जको मुख्य सडक विस्तारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

सामाजिक फीड-वीरगञ्ज, फागुन २८ गते । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सडक विस्तारका लागि बाटो खुलेको छ। वीरगञ्जका पाँच जना घरधनीले सडकको दायाँबायाँ २५–२५ मिटर नबिस्तार गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०७६ सालमा लक्ष्मण साह रौनियारसहितका निवेदकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सडक विस्तार रोक्न […]