Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ४ गते ।

धनुषामा दुई समुहको झडपम प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

सबैला नगरपालिका–९ भठियानमा प्रहरीको गोली लागेर सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका छन् । उनलाई मलद्वारमा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

गोली लगोर गम्भीर घाइते यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा राखिएको थियो । यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको स्काई ट्रकबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रामा सेन्टर लगिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए ।

चौक सम्बन्धि विवादमा दुई पक्षबीच झडप भएपछि प्रहरीले नियन्त्रणको लागि गोली चलाएको थियो । भठिहनस्थित चोकमा केही समय अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर फालेपछि विवाद चर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *