सामाजिक फीड-
वीरगञ्ज, फागुन २८ गते ।
वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सडक विस्तारका लागि बाटो खुलेको छ।
वीरगञ्जका पाँच जना घरधनीले सडकको दायाँबायाँ २५–२५ मिटर नबिस्तार गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०७६ सालमा लक्ष्मण साह रौनियारसहितका निवेदकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सडक विस्तार रोक्न माग गरेका थिए।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले ती सबै रिट खारेज गरेपछि डिभिजन सडक कार्यालय हेटौँडालाई सडक विस्तारको कार्य अघि बढाउन मार्ग प्रशस्त भएको छ।
यो मुद्दा विचाराधीन रहँदा गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर चोकदेखि आर्दशनगर, रजतजयन्ती चोक, शङ्कराचार्य गेट हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तार अवरुद्ध भएको थियो। यसअघि, २८ औँ पटक पेसी तोकिएको यो मुद्दा मंगलबार हेर्न नभ्याएपछि बुधबार टुंगो लागेको हो।