सामाजिक फीड-
जनकपुरधाम, चैत ४ गते ।
धनुषाको सबैलामा चौकको नामकरण विवादका कारण दुई समूहबीच झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन्।
प्रदर्शनकारीद्वारा गरिएको ढुंगामुढाका कारण पाँच जना जनपथ प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए। ‘कसैको टाउको फुटेको छ, कसैको मुखमा चोट लागेको छ’, एसपी तिवारीले भने।
झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका छन्।
सबैला नगरपालिका–९ भठियानस्थित चौकमा केही समयअघि ‘यादव चोक’ लेखिएको बोर्ड राखिएको थियो। उक्त बोर्ड हटाएपछि अन्य समुदायसँग विवाद बढेको र आइतबारदेखि दुई पक्षबीच तनाव चर्किएको बताइएको छ।