Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, चैत ३ गते ।

महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रक जाँच गर्दा ३५ पोकामा लुकाइएको ५४७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा शंका लागी चेकजाँच गर्दा उक्त ट्रकको हुडमा फल्स बटम बनाएर कालो त्रिपालले छोपेर गाँजा फोला परेको हो ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा मिनिट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा ग्रिनल्याण्डमा बसोबास गर्दै आएका ३७ वर्षीय सलिन मगरलाई नियन्त्रणमा लिइएको छ ।

महोत्तरी प्रहरीले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *