Samajik Feed – News Portal from Nepal

मधेश सरकारले १३६ पालिकामा गरेको ल्याब स्थापनामा ५२ करोड भ्रष्टाचार

टुडेपाटी-जनकपुरधाम, बैशाख १५ गते । मधेश प्रदेशका आठ जिल्लाका १३६ वटा पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ । मधेश प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि स्वास्थ्य उपकरण खरिद गर्दा ५२ करोड ९ लाख ८७ हजार ४६० रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । […]

सप्तरीमा बस दुर्घटना : दुईजनाको मृत्यु, २४ बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १४ । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अन्य २४ भन्दा बढी यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा आज दिउँसो करिब १२ बजे उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सप्तरीको […]

सर्लाहीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, जेठाजु पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख १४ गते । सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । घरायसी विवादमा बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानको ३६ वर्षीया श्रीमती रेनु देवी पासवानको आज बिहान हत्या भएको हो । आज बिहान करिब १० बजेतिर रेनुलाई आफ्नै जेठाजु (भैँसुर) ४० वर्षीय साहेब पासवानले धारिलो हतियार प्रहार गरी […]

धनुषामा विष सेवन घटना : तीन सन्तानपछि आमाको पनि मृत्यु

सामाजिक फीड–जनकपुरधाम, बैशाख १२ गते। धनुषाको सहीदनगर नगरपालिका–५ बासुदेवपट्टीमा भएको विष सेवन घटनामा तीन सन्तानपछि उपचारका क्रममा आमाको पनि मृत्यु भएको छ। ३० वर्षीया पविताकुमारी साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा आज बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए। गत सोमबार साँझ आफ्नै घरमा पविता र उनका तीन सन्तान […]

सुतेकै ओछ्यानमा श्रीमान मृत फेला, श्रीमती पक्राउ

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । सप्तरीमा एक पुरुष सुतेकै ओछ्यानमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेका अनुसार आज बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्था फेला परेका हुन् […]

राउत दम्पतीबीच मिलापत्र

सामाजिक फीड-जनकपुरधाम, बैशाख ११ गते । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत र उनकी पत्नी सोनी सिन्धु रानीबीचको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ। बुधबार ललितपुर जिल्ला अदालतमा दुवै पक्षबीच सहमति जुटेपछि मिलापत्रमार्फत मुद्दा टुंगो लागेको हो। ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोका अनुसार, राउतले पत्नीलाई अंश दिने तर सँगै नबस्ने सर्तमा मिलापत्र गरेका […]

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घर नजिक लालभित्तिचोकमा बुधबार अपराहन्न ४ बजे उनलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ६१०० नम्बरको बसले ठक्कर दिएको थियो […]

जम्मुकश्मिरमा आतंककारी आक्रमणमा एक नेपालीसहित २७ जना मारिए

एजेन्सी-जनकपुरधाम, वेशाख १० गते । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुको आक्रमणमा नेपालीसहित २७ जना मारिएका छन् । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । […]

एकदिन अघि मधेशको मिडिया काउन्सिलको अध्यक्षमा पदभार ग्रहण, दोस्रो दिन भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, वैशाख ९ गते । दुर्ईदिनअघि मात्र मधेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको उक्त मुद्दासँगै उपाध्याय काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन्। उपाध्यायले सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुनमन्त्री राजकुमार […]

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

सामजिक फीड-जनकपुरधाम, वैशाख ९ गते । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण तीन बालबालिकाको ज्यान गएको छ । विष सेवनबाट आमा गम्भीर छिन् । स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट ज्यान गएको हो । आमा, ३० वर्षीया पविता साह गम्भीर […]