सामाजिक फीड-
जनकपुरधाम, बैशाख १४ गते ।
सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
घरायसी विवादमा बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानको ३६ वर्षीया श्रीमती रेनु देवी पासवानको आज बिहान हत्या भएको हो ।
आज बिहान करिब १० बजेतिर रेनुलाई आफ्नै जेठाजु (भैँसुर) ४० वर्षीय साहेब पासवानले धारिलो हतियार प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।
उनका अनुसार हात, मुख र घाटीमा घरेलु हतियार फर्सा प्रहार हुँदा रेनुको घटनास्थलमै मृत्यु भएको हो ।
हत्या गर्ने जेठाजु पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।