Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, वैशाख १० गते ।

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घर नजिक लालभित्तिचोकमा बुधबार अपराहन्न ४ बजे उनलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ६१०० नम्बरको बसले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *