Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख ११ गते ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत र उनकी पत्नी सोनी सिन्धु रानीबीचको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ।

बुधबार ललितपुर जिल्ला अदालतमा दुवै पक्षबीच सहमति जुटेपछि मिलापत्रमार्फत मुद्दा टुंगो लागेको हो।

ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोका अनुसार, राउतले पत्नीलाई अंश दिने तर सँगै नबस्ने सर्तमा मिलापत्र गरेका हुन्।

मिलापत्र अनुसार, राउतले मासिक ३३ हजार माना चामल पत्नीलाई उपलब्ध गराउने, अंशस्वरूप जग्गा दिने र उक्त जग्गामा घर निर्माण गरिदिने सहमति भएको छ। सन्तान भने राउतसँगै रहने व्यवस्था गरिएको छ।

राउतले २०८१ साल भदौ १२ गते अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका थिए। निवेदनमा उनले पत्नी सोनी सिन्धु घरमा बस्न नमान्ने, प्रायः माइतमै बस्ने र लामो समयदेखि भारतमा बसोबास गर्दै आएको दाबी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *