Samajik Feed – News Portal from Nepal

मिर्चैयामा टिपरले ठक्कर दिँदा एक वृद्धको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३० गते । सिरहाको मिर्चैयामा टिपरले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् । आज बिहान पौने ६ बजेतिर यउदपुर तर्फबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक महरालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज […]

नाबालिकालाई भारत लगेर यौन पेसामा संलग्न गराएको आरोपमा युवती पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख २९ गते । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डिएसपी किशोर लम्सालले दिएका छन् । प्रहरीका अनुसार वैशाख २१ गते खातुनले एक युवतीलाई ‘नयाँ कपडा किनिदिन्छु’ […]

वीरगन्जमा एक महिलामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

सामाजिक फड-जनकपुरधाम, बैशाख २८ गते । वीरगन्जमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया स्थायी ठेगाना भईख हाल वीरगन्ज महानगरपालिका–१३ श्रीपुरमा बसोबास गर्ने ५० वर्षीय दिनानाथ साहलाई पक्राउ गरेको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, शनिबार राति श्रीपुरकै ४० वर्षीया एक विवाहित महिलामाथि दिनानाथ […]

नौ महिनामा भित्रियो करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधि (साउनदेखि चैतसम्म)मा करिब १२ खर्ब रूपैयाँ बराबरको रेमिटेन्स देशमा भित्रिएको छ । यस अवधिमा कुल ११ खर्ब ९१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भित्रिएको १० खर्ब ८२ अर्ब रूपैयाँभन्दा १०.०७ प्रतिशतले बढी हो […]

महोत्तरीमा खेत गएकी महिला मृत फेला

सामाजिक फीड-जनकपुरधाम, बैशाख २७ गते । महोत्तरीमा खेतमा एक महिला मृत फेला परेकी छन् । महोत्तरीको पिपरा गाउपालिका ४ बस्ने चंदेव ठाकुरका ५२ वर्षीया श्रीमती निरशी देवी आफ्नै खेतमा मृत भेटीएकी हुन् । शनिबार बिहान ७ बजे घरबाट कोदालो बोकर करिब डेढ किलोमिटर पर खेतमा पुगेकी थिइन् । दिउँसो जिउमा केहि माटो पुरिएको अबस्थामा मृत […]

भारत र पाकिस्तानबीच युद्धविराम

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले यो सहमति तत्काल लागू हुने गरी गरिएको बताएका छन् । भारतका विदेश सचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले युद्धविरामको औपचारिक जानकारी दिएका हुन्। मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स निर्देशक (डीएमजीओ) ले भारतीय समकक्षीसँग […]

जनकपुरधाम तेस्रो मेयर कप टी–२० क्रिकेटको पहिलो दिन महोत्तरी र सर्लाही विजयी

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा महोत्तरी र सर्लाहीले विजयी सुरुआत गरेका छन् । रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा सम्पन्न शुक्रबारको पहिलो खेलमा महोत्तरीले धनुषालाई ४५ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको महोत्तरीले २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। टोलीका […]

तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट हुँदै, भारतका ४ सहित १२ टिम सहभागी हुने

सामाजिक फीड- जनकपुरधाम, बैशाख २५ गते । जनकपुरधाममा तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि हुने भएको छ । जनकपुरको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा भोलिदेखि जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने यो प्रतियोगिताबारे जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलनले जानकारी गराएको छ । प्रतियोगितामा भारतका चार सहित मधेश प्रदृशका आठवटै जिल्लाबाट १२ टिम सहभागी हुने क्रिकेट संघ […]

अनलाइनमार्फत अढाई करोडभन्दा बढी ठगी गर्ने ७ युवा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख २५ गते। अढाई करोड रुपैयाँभन्दा बढी रकम अनलाइनमार्फत ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवाहरु धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर मोबाइल, लत्ता कपडा लगायतका सामग्रीहरू सस्तोमा उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेका थिए। इन्टाग्राम, टिकटक, […]

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, ३० जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र […]