Samajik Feed – News Portal from Nepal

सामाजिक फड-
जनकपुरधाम, बैशाख २८
गते ।

वीरगन्जमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया स्थायी ठेगाना भईख हाल वीरगन्ज महानगरपालिका–१३ श्रीपुरमा बसोबास गर्ने ५० वर्षीय दिनानाथ साहलाई पक्राउ गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, शनिबार राति श्रीपुरकै ४० वर्षीया एक विवाहित महिलामाथि दिनानाथ साह र अर्का एक व्यक्तिले मिलेर जबरजस्ती बलात्कार गरेका थिए । मध्यरातको समयमा घरमा एक्लै भएको मौका छोपी ती महिलालाई डरधम्की देखाएर जबरजस्ती बलात्कार गरिएको पीडितले प्रहरीसमक्ष बताएकी छिन् ।

घटनाबारे पीडितले आइतबार बिहान प्रहरी कार्यालयमा जानकारी दिएपछि प्रहरीको टोलीले दिनानाथ साहलाई पक्राउ गरेको हो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति फरार रहेका छन् भने उनको पहिचान भइसकेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहमाथि बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। उनलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *