Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, बैशाख २५ गते ।

जनकपुरधाममा तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि हुने भएको छ । जनकपुरको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा भोलिदेखि जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने यो प्रतियोगिताबारे जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलनले जानकारी गराएको छ ।

प्रतियोगितामा भारतका चार सहित मधेश प्रदृशका आठवटै जिल्लाबाट १२ टिम सहभागी हुने क्रिकेट संघ धनुषाका सचिव आशिष कुमार झाले जानकारी दिए ।
उनका अनुसार भारतबाट दिल्ली, लखनउँ (उत्तर प्रदेश), मुजफ्फरपुर र पुरनिया (बिहार) का टोलीहरू सहभागीले हुने छन् ।

प्रतियोगिताको विजेता टिमलाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख पच्चीस हजार रुपैयाँ पुरस्कार दिइने उनले बताए ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई केएफसीको ५ हजार बराबरको गिफ्ट भौचर, ३ हजार नगद तथा ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू — वेष्ट ब्याट्सम्यान, वेष्ट बलर र म्यान अफ द सिरिज — लाई नगदसहित सम्मान गरिने जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्रले बताए ।

जेठ २ गतेसम्म खेलमा अनुमानित खर्च ३४ लाख ७६ हजार ५५० रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम विभिन्न दातृ संस्थाको सहयोगबाट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले क्रिकेटलाई प्रवर्द्धन गर्न उपमहानगरको वार्षिक कार्यक्रममार्फत बजेट विनियोजन हुँदै आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *