Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख २६ गते ।

जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा महोत्तरी र सर्लाहीले विजयी सुरुआत गरेका छन् ।

रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा सम्पन्न शुक्रबारको पहिलो खेलमा महोत्तरीले धनुषालाई ४५ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको महोत्तरीले २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

टोलीका लागि अभिषेक तिवारीले २८ बलमा नटआउट ४९ रन, नवीन यादवले ३७ बलमा ४६ रन र अविनाश अधिकारीले २८ बलमा ३७ रनको योगदान गरे ।

दोस्रो खेलमा सर्लाहीले सप्तरीमाथि ६ विकेटको जित दर्ता गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । सप्तरीका लागि भोला साहले ३६ बलमा ३१ रन, अभिषेक कार्कीले २० बलमा २६ रन र पप्पु यादवले २३ बलमा ३० रन बनाए ।

सर्लाहीका बलरहरूमध्ये विशाल पट्टेल, जितेश मण्डल र निरज यादवले समान २–२ विकेट लिए । १५३ रनको लक्ष्य पछ्याएको सर्लाहीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो। जितेश मण्डलले ३२ बलमा नटआउट ४२ रन, विशाल पट्टेलले ३३ बलमा ३७ रन, परिमार्जन यादवले २२ र रञ्जित यादवले २१ रन जोडे ।

बलिङतर्फ सप्तरीका अभिषेक कार्कीले २ र गोमान्नद अमात्यले १ विकेट लिएका थिए। खेलको म्यान अफ दी म्याच सर्लाहीका विशाल पट्टेल घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *