Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख ३० गते ।

सिरहाको मिर्चैयामा टिपरले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ ।

मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

आज बिहान पौने ६ बजेतिर यउदपुर तर्फबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक महरालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले जानकारी दिए ।

दुर्घटनामा घटनास्थलमै वृद्धको मृत्यु भएको डिएसपी पुरीले बताए । चालक फरार भएका छन् । चालकको खोजी र दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *