महोत्तरीमा २० किलो गाँजा सहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । महोत्तरीमा लागूऔषध २० किलो गाँजा सहित दुईजना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका १३ निवासी ४६ वर्षीय शिवशंकर चौधरी र मनरा सिस्वा नगरपालिका १० निवासी ४० वर्षीया अजमैरी खातुनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ७ बखरी स्थित बर्दिवास जलेश्वर सडक खण्डमा शिवशंकर चौधरीले चलाई ल्याएको प्र.२–०२–००१ […]
बर्दिबासबाट १५७ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १४ गते । महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ परेका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्व तर्फ आउदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई […]
नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड-जनकपुरधाम, जेठ १३ गते । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मंगलबार आयोगले विशेष अदालतमा गाउँपालिकाका पूर्व अध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्व उपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर […]
जनकपुरमा दुई साँढे जुध्दा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १२ गते । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुध्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आइतबार राति साढे ८ बजे जनकपुरधा ६ पेठियाबजारबाट प्रादेशिक अस्पताल तर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका […]
सप्तरीमा ट्याक्टरले मोटरसाइकललाइ ठक्कर दिँदा दुई युवकको मृत्यु

सामाजिक फीड-जनकपुधराम, जेठ ११ गते । सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल छन् । सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतका अनुसार […]
धनुषा एमाले अध्यक्षमा भोला यादव प्यानलसहित निर्वाचित

सामाजिक फीड-जनकपुरधाम, जेठ ९ गते । नेकपा एमाले धनुषाको जिल्ला अध्यक्षमा भोला यादव प्यालनसहित विजयी भएका छन् । ८ औँ अधिवेशनबाट महासेठ पक्षा भोला यादव २०२ मत अन्तरले निकटतम प्रतिद्वन्दी लक्ष्मीनारायण यादवलाई पराजित गर्दै विजयी भएका हुन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उपमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल पक्षरहुन् । भोलाले ४०२ मत ल्याएर विजयी हुँदा […]
धनुषाकी ८ महिने गर्भवती अञ्जलीको निर्मम हत्या, १० महिने छोरीको पनि हत्या आशंका

सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवले आफ्नी आठ महिनाकी गर्भवती श्रीमती अञ्जली यादवको हत्या गरेको खुलेको छ । उनलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार लागूऔषधमा लत परेका हरिरामले नशाको अवस्थामा श्रीमतीसँगको विवादका क्रममा कुटपिट गरी हत्या गरेका हुन् । २५ वर्षीया अञ्जली दुईजिउकी थिइन् । […]
जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्य विमाका सेवाहरु अब २४ घण्टा उपलब्ध

सामाजिक फीड-जनकपुरधाम, जेठ ७ गते । प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य विमा कार्यक्रमका सेवाहरु चौबिसै घण्टा सुरु भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य विमा कार्यक्रमका सेवाहरु २४ घण्टै उपलब्ध हुने जनाएको छ । ‘यस मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर मा आज मिति २०८२/०२/०६ गते […]
पविताको चार महिनासम्म आएन होस, मुस्कान अस्पतालसहित पाँचजना विरुद्ध जाहेरी

सामाजिक फीड-जनकपुरधाम, जेठ ७ गते पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि अचेत अवस्थामा रहेकी २५ वर्षीया पविता यादवको परिवारले जनकपुरधामस्थित मुस्कान अस्पतालसहित पाँच जनाविरुद्ध जाहेरी दिएका छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविताका बुबा ब्रह्मदेव यादवले जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता विनाको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने चिकित्सक डा. ज्ञानकुमार साह, एनएस थेसिया […]
मकवानपुरबाट सर्लाही आउँदै गरेको वीङ्गर दुर्घटना हुँदा १४ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ ६ गते । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही आउँदै गरेको वीङ्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज दिउँसो भीमफेदी गाउँपालिका–९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना भएको […]