सामाजिक फीड-
जनकपुरधाम, जेठ १५ गते ।
महोत्तरीमा लागूऔषध २० किलो गाँजा सहित दुईजना पक्राउ परेका छन् ।
बर्दिवास नगरपालिका १३ निवासी ४६ वर्षीय शिवशंकर चौधरी र मनरा सिस्वा नगरपालिका १० निवासी ४० वर्षीया अजमैरी खातुनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका ७ बखरी स्थित बर्दिवास जलेश्वर सडक खण्डमा शिवशंकर चौधरीले चलाई ल्याएको प्र.२–०२–००१ प ६६६२ नं. को मोटरसाइकलमा चामलको बोरा, सोकोभित्र कालो ब्याग र प्लास्टिकले बेरेर बर्दिवास तिरबाट ल्याउँदै गरेको गाँजा प्रहरीले फेला पारेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
उनका अनुसार परेकाहरुसँग अदालतबाट म्याद लिई अनुसन्धान थालिएको छ ।