सामाजिक फीड-
जनकपुरधाम, जेठ ६ गते ।
मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही आउँदै गरेको वीङ्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
आज दिउँसो भीमफेदी गाउँपालिका–९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको छ । भ्यानमा सवार १४ जना घाइते भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हो ।