Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ७ गते ।

प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य विमा कार्यक्रमका सेवाहरु चौबिसै घण्टा सुरु भएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य विमा कार्यक्रमका सेवाहरु २४ घण्टै उपलब्ध हुने जनाएको छ ।

‘यस मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर मा आज मिति २०८२/०२/०६ गते बाट स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतका सेवाहरु चौबिसै घण्टा उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ, सूचनामा उल्लेख छ’, प्रतिष्ठानको प्रशासन शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *