Samajik Feed – News Portal from Nepal

भारतको मध्यप्रदेशमा बस नदीमा खस्यो, १५ जनाको मृत्यु

एजेन्सी, २६ वैशाख । भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको हो । १५ जनाको शव भेटिएको छ । अन्य २० २५ जना घाइते भएका छन् । नदीमा भने पानी थिएन । यसैबीच, मध्यप्रदेश सरकारले मृतकका परिवारलाई […]

नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसके: सांसद् साह

काठमाडौँ, २६ वैशाख । सांसद् प्रभु साहले नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् साहले देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको बताएका हुन् । उनले राज्य मेरो हो भन्ने भाव आम जनतामा आउन नसकेको पनि दाबी गरे । सांसद् साहले अहिलेको शासन प्रणालीमाथि पुनर्विचारको आवश्यकता […]

कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ, २५ वैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको परिषदका पदेन समस्य एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश नियुक्तिका लागि अधिवक्ताहरूले संघर्ष […]

नेपाल प्रहरीका २० एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २५ वैशाख । नेपाल प्रहरीका २० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई दर्ज्यानी चिह्न दिइएको छ । सोमबार प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा भएकाले दर्ज्यानी चिह्न पाएका हुन् । उनीहरूलाई सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका छन् । एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, […]

जब सांसद् डा. सिंह प्रतिनिधिसभामा अर्धनग्न भए !

काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र निर्वाचित सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेर विरोध जनाएका छन् । बोल्न समय नदिएको भन्दै बैठक सुरु हुना साथ विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै अर्धनाग्न भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद् बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरूले […]

भोलिदेखि काठमाडौंका अव्यवस्थित तार हटाइँदै

२४ वैशाख, काठमाडौं । सोमबारदेखि  काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरु  र नेपालदूरसञ्चार प्राधिकरण राजी भएका छन् । आइतबार महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु बीच भएको छलफलमा महानगर क्षेत्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ । माइतीघर मण्डला र […]

सांसद्हरूलाई ई–हाजिरी गराउन सभामुखको निर्देशन

काठमाडौँ, २४ वैशाख । सभामुख देवराज घिमिरेले सांसद्हरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन ई–हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख घिमिरे प्रतिनिधसभाको बैठकमा सांसद्हरूको कम उपस्थिति हुने गरेको र उनीहरू तलब भत्ता खान […]

आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडाैँ, २४ वैशाख । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आइतबार बजार खुलेलगत्तै नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलव ७८ मा सीमित […]

काठमाडौंमा भारतीय समुह पक्राउ नेपाली नागरिकता लिएको आरोपमा

४ वैशाख, जनकपुर । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्। उत्तर प्रदेश भारतको स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ। नेपालका फरकफरक ठाउँबाट उनीहरुले नागरिकता प्रमाणपत्र लिएका जिल्ला पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको […]

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडाैँ, वैशाख २४ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । सन्दीपले नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा परेको थियो । यही मुद्दाकाे काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । यसअघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरबालाको तर्फबाट चार कानुन व्यवसायीले बहस गरेपछि स्थगित भएको थियो […]