काठमाडाैँ, वैशाख २४ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । सन्दीपले नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा परेको थियो ।
यही मुद्दाकाे काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । यसअघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरबालाको तर्फबाट चार कानुन व्यवसायीले बहस गरेपछि स्थगित भएको थियो । त्यसपछि आजलाई पुनः पेसी तोकिएको हो ।
आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ । सुनुवाइपछि इजलासले आज मुख्य मुद्दाको सुनुवाइ हुने भन्दै सँगै राखी पेस गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।