काठमाडौँ, २५ वैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको परिषदका पदेन समस्य एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश नियुक्तिका लागि अधिवक्ताहरूले संघर्ष गर्दै आएका छन् । परिषदले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति नै बनेको छैन ।
परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपीशर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रहेका छन् ।