Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र निर्वाचित सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेर विरोध जनाएका छन् ।

बोल्न समय नदिएको भन्दै बैठक सुरु हुना साथ विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै अर्धनाग्न भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद् बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरूले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको भेष्ट र सर्ट लगाएका थिए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *