Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ वैशाख । नेपाल प्रहरीका २० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई दर्ज्यानी चिह्न दिइएको छ । सोमबार प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा भएकाले दर्ज्यानी चिह्न पाएका हुन् ।

उनीहरूलाई सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका छन् । एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जबरा छन् ।

त्यस्तै बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि चिन्ह पाएका छन् । प्राविधिकतर्फका एसएसपी डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले पनि दर्ज्यानी चिन्ह लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *