४ वैशाख, जनकपुर । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्। उत्तर प्रदेश भारतको स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ।
नेपालका फरकफरक ठाउँबाट उनीहरुले नागरिकता प्रमाणपत्र लिएका जिल्ला पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीको लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।
भारतीय नागरिक नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र सहित फेला परेको प्रहरीले जनाएको छ ।