काठमाडौँ, २६ वैशाख । सांसद् प्रभु साहले नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् साहले देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको बताएका हुन् ।
उनले राज्य मेरो हो भन्ने भाव आम जनतामा आउन नसकेको पनि दाबी गरे । सांसद् साहले अहिलेको शासन प्रणालीमाथि पुनर्विचारको आवश्यकता रहेको पनि बताए ।
अहिले अपनाइएको प्रणालीले सही नेतृत्व छान्न नसकेको जिकिर गर्दै उनले शासन प्रणालीमाथि पुनर्विचार आवश्यक रहेको बताएका थिए ।